काेभिड १९ कहिल्यै नहराउन सक्ने डब्लुएचओकाे चेतावनी

| 2020 May 14 | 05:56 pm 1472

एजेन्सी, जेठ १ः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्व महामारीकाे रूपमा फेलिएकाे कोरोना भाइरस (काेभिड १९) कहिल्यै नहराउन सक्ने चेतावनी दिएको छ। बुधवारको प्रेस ब्रिफिङमा डब्लुएचओले यस्तो चेतावनी दिएको हो।

डब्लुएचओका आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिँदै यस्तो बताएका हुन्।

त्यसैगरी उनले भाइरस विरुद्धको खोप बनिहाले पनि भाइरसको नियन्त्रणका लागि निकै ‘ठूलो प्रयास’ चाहिने बताए।

कोरोनाभाइरसका कारण विश्वभर झन्डै ३ लाख मानिसको मृत्यु भइसकेको छ भने ४४ लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.