कास्की–२ मा एमाले नेतृ भट्टराई विजयी

| 2022 Nov 24 | 07:43 am 125

कास्की, मंसिर ८ः एमाले नेतृ विद्या भट्टराई कास्की- २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए ।

नेकपा एकीकृतका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मतमा चित्त बुझाए । भट्टराई यसअघि ०७६ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.