कालोसूचीका मेनेजरको प्रवेशसँगै नव धौलागिरीमा भाँडभैलो

रिपोर्ट नेपाल | 2020 Jul 31 | 09:00 am 2388

काठमाडौं, साउन १६ः नेपाल सरकारको नीति बमोजिम टोलटोलमा सहकारी घरघरमा रोजगारी नारालाई आत्मसात गर्दै सहकारी क्षेत्रमा अग्रणी रहँदै आएको सामाखुसीमा रहेको नव धौलागिरी सहकारी संस्था त्यसका प्रवन्धकको कृयाकलापले बदनामी हुने त होइन भन्दै त्यसका शेयरधनी चिन्चित बन्न थालेका छन् ।

प्राप्त समाचार अनुसार करिब ६ महिना अघि खुला प्रतिष्पर्धाबाट प्रबन्धकमा नियुक्त भएका सुदर्शन अधिकारीले संस्थालाई बदनाम गराउँदै आफू कमाउ धन्दामा लाागेको बुझिएको छ ।

झण्डै आधा दर्जन वित्तीय संस्थामा चाहारी सकेका सुदर्शन अधिकारीले संस्थाको रकमले मिटर व्याज लगाएर शेयर धनीलाई गुमराहमा राखेको समाचार प्राप्त भएको छ ।

रोयल मर्चेन्ट बैंकबाट वित्तीय क्षेत्रमा पाइला टेकेका अधिकारीले यो बिचमा एपेक्स डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, किमाथान्क सेभिङ एण्ड क्रेडिट ओपरेटिभ, ज्योती विकास बैंक चाहार्दै अन्त्यमा ८ महिनादेखि नव धौलागिरी सहकारीमा कार्यरत छन् ।

एपेक्स डेभलपमेन्ट बैंकमा ब्रान्च मेनेजर हुँदा खराब कर्जा प्रवाह गरेको अभियोगमा कालोसूचीमा परेका सुदर्शन अधिकारी नव धौलागिरी सहकारीमा प्रवेश गरेदेखि भित्रभित्रै भाँडभैलो मच्चिएको छ ।

सामाखुसी एरियामा शेयर धनीले सबैभन्दा विश्वास गरेको यो सहकारीमा अधिकारीको प्रवेशसँगै शेयरधनी निषेध भएका छन् भने संस्थाका पैसा मिटर व्याजमा चलाउनेले प्रवेश पाएका छन् ।

वित्तीय संस्थामा कालोसूचीमा परेका जानकारी नभएका कारण प्रवेश पाएका अधिकारीलाई संचालक समितिले समयमै चेकजाँच गरी आवश्यक कारबाही नगर्ने हो भने ८ महिना अघिसम्म ऋण र शेयर धनीको नजरमा वाहीवाही पाएका सहकारी अब दुर्गन्धित नहोला भन्न सकिन्न ।

अन्जानका कारण कालोसूचीमा परेका व्यक्तिलाई प्रबन्धकको जिम्मेवारी दिइए पनि अब समयमै उनका विषयमा सोचिएन भने सहकारी बोर्डले आँखा लगाउँदा शेयर धनीनै विवादको भुमरीमा पर्ने सम्भावना भएकोले समयमै सचेत हुन साना सेयरधनीले संचालकलाई आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.