कालीमाटी बजार अनुगमनमा अवराेध गर्ने २ व्यवसायी पक्राउ

| 2018 Aug 20 | 12:13 pm 1604

काठमाडौं, भदौ ४: कालीमाटी तरकारी बजार अनुगमनमा अवरोध गरेको भन्दै प्रहरीले दुई जना व्यवसायीलाई पक्राउ गरेको छ ।

कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउ गरेको हो ।उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

विवाद बारे बुझन आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएको छ।

सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति विभागको टोलीलाई भित्र राखेर व्यापारीले अवरोध गरेका थिए। उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.