कालीखोलामा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

| 2023 Aug 08 | 07:17 am 1449

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ कालीखोलामा माथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । लेदो बिहान ५:२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ ।

अहिले सडक डिभिजन कार्यालयको सहितको टोलिले सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। यस स्थानमा पटक पटक पहिरो जाँदा यात्रुले सास्ती खेप्दै आएका छन्। अहिले पहिरोको कारण त्यस राजमार्ग भएर गुड्ने सवारी साधनको लामो लाइन लागेको छ। – नागरीकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.