कालिमाटीबाट तस्करीकाे सामान स्कट गर्दै लगियाे

रिपोर्ट नेपाल | 2023 Jun 16 | 12:40 pm 5025

काठमाडौं, असार १ । राजश्व छलि गरेर प्रहरी सेटिङ्गमा सामान भित्राउने तस्करले सवारी साधन फरक किसिमको चलाउन थालेका छन् । विहिबार कालिमाटी वृत्तका डिएसपी नरहरी अधिकारीका विश्वासपात्र घुमुवा जवान सद्दाम हुसैनले समाएका दुई गाडीबाट यस्तो रहस्य खुलेको हो ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार घुमुवा सद्दाम हुसैनले समाएका दुई डाँक गाडीमा राजश्व छलि गरेर ल्याइएका सामान थिए । हुसैनले समाएका दुई गाडी मध्ये उनले रकमको वार्गेनिङ्ग गरेर ना.३ ख ७६२९ को गाडीलाई मदन गुप्ताको सानेपामा रहेको जय माँ भवानी ट्रान्सपोर्टमा सामान झारिएको थियो ।

आफ्नो एरिया भन्दा बाहिर गएर हुसैनले सामान झार्न लगाएका थिए । नाटकीय रुपमा उनले भिडियो खिचे जस्तो गरेका थिए । त्यसरी समाइएका गाडी मध्ये ना. ५ ख ८३८६ नम्बरको गाडी कालिमाटी वृत्तमा शुक्रवारसम्म राखिएको छ । गाडीमा भन्सार छलिका सामान भए राजश्व अनुसन्धान विभाग नभए धनीलाई बुझाउनु पर्नेमा वृत्तमा राखेर मोलमोलाई भइरहेको समाचार स्रोत बताउँछ । वृत्तमा राखिएको ना ५ ख ८३८६ नम्बरको गाडी कालिका ट्रान्सपोर्टको भएको बुझिएको छ ।

स्मरण रहोस प्रहरी जवान सद्दाम हुसैन पैसा उठाउने विषयमा माहिर मानिन्छन् । यस अघि उनको गतिविधि बुझेर हटाउन खोज्दा डिएसपीको व्यक्तिगत रुचीमा राखिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.