कालिकोट, साउन २९ : कालिकोटको नापी कार्यालयमा बम विस्फोट भएको छ । आज (मंगलबार) दिउँसो प्रेसर कुकुर बम विस्फोट भएको हो । विस्फोटबाट कार्यालयको झ्यालकाे सिसा फुटेको छ । मानवीय क्षति भने केहि भएको छैन ।
बम विस्फोट गराएको आशंकमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काशी सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरे पनि त्यसको प्रभाव निकै न्यून परेकाे छ ।