कालिकाेटमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

| 2021 Jul 06 | 10:15 am 1937

कालिकोट, असार २२ः जिप दुर्घटना हुँदा कालिकाेटमा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

क १ ज २३ नम्बरको जिप मंगलबार विहान जिल्लाको रास्कोट नगरपालिका-५ को सन्नीघाट भन्ने स्थानमा रास्कोटबाट जितेगढा बजार आउँदै गर्दा दुर्घटना भएको थियो ।

प्रहरीको अनुसार घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। १२ जना सवार जिप ओरालो सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.