कार दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Aug 08 | 11:04 am 2109

बुटवल, साउन २४ः गएराति परासीबाट भैरहवातर्फ आउँदै गर्दा हुलाकी सडकमा एक कार दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ, भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका ४ का २७ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका ३ मर्यादपुरका २८ वर्षीय नौसाद दर्जी, नवलपरासी रामग्राम नगरपालिका वार्ड नं १२ पथगावाका १२ वर्षीय प्रदीप ठाकुर रहेका छन् । यस्तै घाईते ओमसतिया गाउँपालिका वार्ड नं। ४ बालापुरका ३४ वर्षीय अनिल यादव रहेको प्रहरीले जनाएको छ ।

लु २ च ६७५६ नं. को कार रोहिणी गाउँपालिका वार्ड नं.४ छिपागढस्थित हुलाकी सडक परासीबाट भैरहवातर्फ आउँदै गर्दा अनियन्त्रत भई सडकदेखि १० मिटर उत्तर साईडमा पल्टिँदा कारमा सवार ४ जनामध्ये ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि भीम अस्पताल, भैरहवा लगिएको थियो । उपचारको क्रममा घाइतेमध्ये ३ जना राती नै मृत्यु भएको हो ।

घाइते १ जनालाई थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको र उनको अवस्था गम्भीर रहेको जनाइएको छ । कार घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.