कार्यक्रममा सहभागी हुन गएका उपप्रधानमन्त्री बाटैबाट फर्किए

रिपोर्ट नेपाल | 2020 Feb 24 | 04:05 pm 1589

सिन्धुली, फागुन १२: एक कार्यक्रमका लागि सिन्धुली गएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बीपी राजमार्ग अवरुद्ध हुँदा मुलकोटबाटै काठमाडौं फर्केका छन् ।

एक वृद्धलाई ठक्कर दिएर मृत्यु भएपछि फरार रहेका गाडी र चालकलाई नियन्त्रण गर्न माग गर्दै स्थानीयले सिन्धुलीमा बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेल कार्यक्रम स्थल नपुगी सुनकोशी गाउँपालिका मूलकोटबाटै काठमाडौं फर्किएका हुन् ।

सडक अवरुद्ध हुँदा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बाटोमै रोकिएका थिए ।

उनी कमलामाई नगरपालिकाको भिमादमा आजाद स्मृतिको कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल सिन्धुली गएका थिए ।

करिब एक घण्टा बढी समयबाट त्यहाँ रोकिएपछि उनी काठमाडौं फर्किएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.