कार्तिक २ गते गुल्मेली अधिकृत समाजको निम्तो

| 2019 Oct 16 | 10:03 am 2162

काठमाडौं असोज २९: गुल्मी जिल्ला घर भई देशका विभिन्न स्थानमा सेवा गरीरहेका गुल्मेली अधिकृतको छाता संगठन गुल्मेली अधिकृत समाजले यही कार्तिक २ गते चियापान, सम्मान तथा शुभकामना आदान प्रदान गर्ने भएको छ ।

समाजका कोषध्यक्ष अर्जुनप्रसाद आचार्यका अनुसार काठमाडौंको बुद्धनगर पार्टी प्यालेसमा उक्त कार्यक्रम हुने भएको छ । भर्खरै विदा भएको बडा दशैं लगत्तै तिहार, नेपाल संवत र छठको शुभकामना आदान प्रदान गर्ने र गुल्मेली बीच एक आपसमा भाइचाराका सम्बन्ध बृद्धी गर्नका लागि कार्यक्रम राखिएको कोषध्यक्ष आचार्यले बताएका छन् ।

दिनको दुई बजेदेखि सुरुहुने कार्यक्रममा नेपाल सरकारको निजामती सेवा तथा अन्य सार्वजनिक सेवा समुहमा नयाँ नियुक्ति र बढुवा भएका कर्मचारीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । समाजले जारी गरेको सूचनामा सबै पेशा, वर्ग र राजधानीमा बसोवास गर्ने आम गुल्मेलीलाई आमन्त्रण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.