सुर्खेत, जेठ १४: कर्णाली सरकार गठन भएको १०० दिन पूरा भएको छ । गत फागुन ३ गते प्रदेश मन्त्रिपरिषद्को गठन भएको थियो ।
सो यता प्रदेश सरकारले प्रदेशको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, कार्यक्रमहरूको तर्जुमा तथा स्वीकृती गरी कार्यान्वयनको चरणमा रहेका छन् । हालसम्म कर्णाली प्रदेश सरकारको १३ वटा बैठकहरू सम्पन्न भर्इ सकेका छन् । यस बीचमा यस प्रदेशले राजधानी र प्रदेशको नाम सर्वसम्मतिबाट निरूपण गरि सकिएको छ ।
१०० दिनको अवधिमा कर्णाली प्रदेश सरकारले आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गरेको छ ।