कारागारमा कार्यरत बस्नेतको नहरमा डुबेर मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 27 | 06:55 pm 3799

नुवाकोट, १३ असार : कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर आज मृत्यु भएको छ ।

विदुर नगरपालिका–९ आपटार निवासी ४५ वर्षीय बस्नेत नहरको पानीमा नुहाइरहेको समयमा चिम्लिएर बगाउँदा मृत्यु भएको नगर प्रहरी चौकी कोलनीका प्रहरी सहायक निरीक्षक राजु लामिछानेले जानकारी दिए । पानीमा डुबेका बस्नेतलाई खोजी गर्ने क्रममा कोलनीस्थित नुहाउन लागेको स्थानभन्दा तीन सय मिटर तल शव भेटिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.