लमजुङ, असार ५ः बुधबार बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राइनास नगरपालिका–१० कोके गाउँ घर भएका २७ वर्षीय लोकबहादुर भन्ने दिनेश परियार रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टाेलीले बेंसीशहर नगरपालिका–२ स्थित मस्र्याङ्दी नदीकिनारमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको थापाले बताए । परियारले विसं २०६९ पुस २२ गतेदेखि कर्तव्य ज्यान मुद्दामा कारागार सजाय भोग्दै आएका छन् । लमजुङ जिल्ला अदालतले परियारलाई २० वर्षको सजय तोकेको थियो ।
कैदी परियार २०७६ साल जेठ १९ गतेबाट चौकीदारका रूपमा रहँदै आएका थिए ।