कारमा तैनाथ हुन नेपाली शान्ति सैनिकहरु मिशन प्रस्थान

रिपोर्ट नेपाल | 2022 Dec 01 | 03:58 pm 2109

काठमाडाैं, मंसिर १५ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

सोही क्रममा, मिति २०७९ मंसिर १४ गते संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Multidimensional Integrated Stabilization Mission in Central African Republic (MINUSCA) मिशनमा तैनाथ हुन श्री कालीजंग गण (शा.से.) Light Infantry Battalion पहिलो डफ्‍फाको पहिलो टोलीका २०३ जना नेपाली शान्ति सैनिकहरु सेनानी रुपक राईको नेतृत्वमा UN Chartered Flight, Ethiopian Airlines मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.