काठमाडाैं, चैत ६ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा, मिति २०७९ चैत ५ गते United Nations Multidimentional Integrated Stabilization Mission In The Central African Republic (MINUSCA) मा तैनाथ श्री जबरजंग गण (शान्ति सेना)-HRPB चौथो डफ्फा (Main Body) र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फा (Reinforce) लाई बदली गर्नको लागि श्री भवानीबक्स गण (शान्ति सेना)- HRPB पाँचौं डफ्फा (Main Body) र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) आठौं डफ्फा (Reinforce) का १६८ जना शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी रित बहादुर रानाभाटको नेतृत्वमा Ethiopian Airlines को विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।
यस्तै, उक्त मिशनमा तैनाथ श्री जबरजंग गण (शान्ति सेना)-HRPB चौथो डफ्फा (Main Body) र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फा (Reinforce) का १६८ जना शान्ति सैनिकहरु सेनानी रविन श्रेष्ठको नेतृत्वमा मिति २०७९ चैत ५ गते स्वदेश फिर्ता भएका छन् ।