काठमाडाैं, कात्तिक १४ः कारको ठक्करबाट रुपन्देहीमा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेका छन् ।
बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिए । अन्य दुई जना घाइते भएका छन् ।
ठक्कर दिने कारको नम्बर खुलेको छैन । कारसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।