काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने मन्त्री पुनको चेतावनी

| 2018 Aug 17 | 05:24 pm 1849

काठमाडौं, भदौ १ : उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । विद्युत प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला काम नगनेए कर्मचारीहरुलाई पदबाट बर्खास्त गर्ने चेतवानी दिएका हुन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले सेवक हुँ भन्ने भावनाका साथ काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चेतावनी समेत दिए ।

उनले राम्रो काम गर्ने कर्मचारीलाई जनताले पनि सम्मान गर्ने गरेको पनि स्मरण गराए । मन्त्री पुनले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी कामलाई अघि बढाउन पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देश गरे । निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरे प्राधिकरणको औंचित्य नहुने मन्त्री पुनको भनाई छ ।

मन्त्री पुनले प्राधिकरणको नियमनका लागि विद्युत नियमन आयोग गठन गर्ने घोषणा पनि गरे । उनले आयोग गठन गर्नका लागि सरकारले त्यसको ऐन र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.