काठमाडौँ ३० फागुन / बुधबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेले बोल्दै आफ्ना मन्त्रीहरूले काम गर्न नसकेको दिन सरकारबाट आफैं बाहिरिने बताएका छन् । वाग्लेले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको बताएका छन् ।
वाग्लेले नेपाली काँग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्रीको समर्थनमा रास्वपाको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए ।
हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएका होइनौँ । काम गर्न आएका हौँ, काम देखाउन आएका हौँ, सरकारबाट डेलिभरी गर्न सकिन्छ कि भनेर आएका छौँ । सुशासन र युवाकेन्द्रित मन्त्रालय रोजेरै लिएका छौँ । गर्न नसकेको दिन आफैँ बाहिरिन्छौँ वाग्लेले भने ।