कामु सेनापतिले गरे हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण

रिपोर्ट नेपाल | 2019 Jun 20 | 05:55 pm 1835

काठमाडौं, असार ५: कायममुकाम प्रधानसेनापति रथी शरद गिरीले बिहिबार हावाहुरी प्रभावित क्षेत्रमा नेपाली सेनाले पुनः निर्माण गरिरहेका स्थानहरुमा पुगेर निरीक्षण गरेका छन् । सरकारले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा जनता आवास संचालनका लागि नेपाली सेनालाई जिम्मा दिएको थियो ।

बैशाख १४ गते देखि नेपाली सेनाले प्रभावित क्षेत्रका १२ वटा स्थानमा १२ वटै समुह बनाएर एकै पटक घर निर्माण गर्ने क्रमलाई तीब्रता दिएको छ । पुनः निर्माणको निरीक्षण भ्रमणका क्रममा जनता आवास कार्यदलका कमाण्डर, बारा पर्सा जिल्लामा तैनाथ गणका गणपतिहरु र कार्यदलका अधिकृतले कायममुकायम सेनापति गिरीलाई भइरहेको प्रगती र भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।

सेनापति गिरीले पखानीपुर, चैनपुर, खटुवाजग्दी, पुरैनिया र टोड्की फूलवारीयाको स्थलगत निरीक्षण गरेका थिए । प्रधानसेनापति गिरीले निरीक्षण गरेका स्थानमा सेनाका रथीवृन्दका साथै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

निरीक्षण भ्रमण सकेर सेनापति गिरी आजै काठमाडौं फिर्ता भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनायलयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.