काभ्रेमा ६ जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2019 May 05 | 04:00 pm 1705

काभ्रे, वैशाख २२ : जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ परेका छन्। शनिबार बेलुका प्रहरीले नगदसहित उनीलाई पक्राउ गरेको हाे।उनीहरुको साथबाट १ बुक तास र १६ थान कौडा पनि प्रहरीले बरामद गरेको छ ।

बनेपा नगरपालिका–६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट उनीहरूलाई पक्राउ गरी खानतलासी गर्दा ७३ हजार ८ सय रुपैयाँसमेत प्रहरीले बरामद गरेकाे हाे।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.