काभ्रेमा एक दम्पती मृत फेला

रिपोर्ट नेपाल | 2019 Nov 05 | 01:06 pm 2361

काभ्रे, कात्तिक १९: मंगलबार काभ्रेमा एक दम्पती मृत फेला परेका छन् । मृत फेला पर्नेमा नमोबुद्ध नगरपालिका वडा नम्बर ८ तल्लोहटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी अन्दाजी ५० वर्षीया रुकुमाया श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई धारिलो हतियार प्रयोग गरी क्षतविक्षत बनाएर सिरकले छोपेको अवस्था दम्पतीको शव भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।

प्रहरीकाअनुसार घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्तिको धुलो छरिएको अवस्थामा फेला परेको बताए । श्रेष्ठ दम्पतीले हटिया बजारमा रहेको आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.