काभ्रेको नार्केबजारमा बम विस्फोट

| 2020 Mar 23 | 10:11 am 1764

काभ्रे, चैत १०: जिल्लाको रोशी गाउँपालिका–८ नार्केबजारमा गएराति बम विष्फोट भएको छ।

आइतबार राति नीरबहादुर तामाङको दुईतले घरको भुइँतलामा रहेको पसलको सटर छेउमा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जानकारी दिएको छ।

विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको बताइएको छ। विष्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको प्रहरीले अनुमान गरेको छ।

यसअघि सो समूहले तामाङको घरमा झाण्डा गाडेर कब्जा गरेको घोषणा गरेको बुझिएको छ।

इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङका अनुसार दुईजना अपरिचित व्यक्ति आएर शंकास्पद बस्तु राखी गएको केही बेरमै बम विष्फोट भएको बताए।

विस्फोट भएको थाहा पाउन साथ मंगलटार इलाका प्रहरी चौकीबाट पाँचजना र कटुञ्जे प्रहरी चौकीबाट तीनजना प्रहरी पुगेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.