काभ्रेकाे क्वरेण्टीन स्थल एक हप्तादेखि खाली

रिपोर्ट नेपाल | 2020 Apr 15 | 03:09 pm 2055

काभ्रे, बैशाख ३ः कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका सम्पूर्ण क्वरेण्टीन स्थल अहिले खाली भएका छन् । काभ्रेपलाञ्चोकको १३ पालिकामा व्यवस्थित गरिएका क्वरेण्टीन स्थल एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।

यसअघि धुलिखेल नगरपालिकामा गत हप्ता १० तथा मण्डनदेउपुर नगरपालिकामा रहेका क्वरेण्टीन स्थलमा विदेशबाट फर्किएका आठ जनालाई राखिएकामा सातलाई १४ दिन तथा एक जनालाई २२ दिनको बसाइपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको थियो ।

जिल्लामा व्यवस्थित गरिएका सबै क्वरेण्टीन स्थल हाल खाली अवस्थामा रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका आठ बाहेक सबैलाई एकान्तवास होम क्वरेण्टीनमा राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तवासमै बसाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.