कानुन अनुसार सञ्चालन भए टिकटकमाथि प्रतिबन्ध लाग्दैन : मन्त्री शर्मा

| 2024 Jun 13 | 03:14 pm 165

काठमाडौँ ३१ जेठ / ससरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको बताईन।

मन्त्रि शर्माले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् । उनले नियम कानुनको पालना गर्नेहरूले टिकट चलाउन नहुने बताइन् । उनले सामाजिक सञ्जाल समाजअनुकूल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन् ।

सामाजिक सञ्जालसम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्‌मा पेस गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गइ व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् । उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.