कानुनी परामर्शका लागि एपको प्रयोग गर्न सकिने

रिपोर्ट नेपाल | 2018 Jun 17 | 12:30 pm 3171

काठमाडौं, असार ३ : प्रविधिको विकास भएसँगै हरेक क्षेत्रमा मानव संसाधनको प्रयोगमा कमी आइरहेको छ । मानव संसाधन महँगो पर्ने तथा समयमा उपलब्ध नहुने समस्याले काममा ढिलाइ हुने समस्याबाट मुक्ति दिनका लागि प्रविधिको उपयोग बढ्दै गइरहेको छ ।

इमेलबाट उजुरी दर्ता गराउने तथा निवेदन दिने प्रक्रियालार्इ इन्कार गरेको अदालतहरु पनि अन्तत: प्रयोग गर्न बाध्य भएका छन् । अब एपमार्फत कानुनी परामर्श लिन सकिने भएको छ । राजधानी काठमाडौंमा आइतबार एपमार्फत आफुलार्इ आवश्यक कानुनी परामर्श लिने सकिने विषयमामा अर्न्तक्रिया गरिएको छ ।

अमेरिकामा बस्दै आएका एनआरएन अमेरिकाका पुर्वअध्यक्ष खगेन्‍द्र जीसीको संयोजकत्वमा सञ्‍चालन भएको कार्यक्रममा ‘आर्टिफिसियल इन्टेलिजेन्स ल’ को प्रयोग बढ्दै गएको बताइएको छ । अमेरिकाले हरेक क्षेत्रमा प्रविधिको प्रयोग गरी कानुनी क्षेत्रमा परामर्श तथा अन्य कानुनी समस्याको सजिलै समाधान गर्न सफल भएको उल्लेख गर्दै क्षेत्रीले बताए ।

अहिले इमिग्रेसन क्षेत्रमा मात्र प्रयोग गरिएको यो एप भारतमा पनि शुरु गरिएको उल्लेख गर्दै चाँडै नेपालमा ल्याउने तयारी भइरहेको थियो ।

यसमा हरेक देशका हरेक कानुनहरुलार्इ राखिएको हुन्छ र विभिन्‍न देशका वकिलहरुको पनि डाटा राखिएको हुन्छ । जब कुनैलार्इ केही कानुनी अड्‍चन पर्छ तत्कालै एपमार्फत सबै कुरा बुझ्‍न सकिन‍्‍छ । आफूले सोधेको प्रश्नको जवाफ दुर्इ सेकण्डमा पाउन सकिन्छ  ।

यो अहिले चार भाषा अंग्रेजी. स्पनीस , बंगाली र नेपाली रहेको छन् । कम्युटरको प्रयग गरी डाटा प्रशोधन गर्न सकिने यस एपमा सम्पुर्ण डाटाहरु राखेर अहिले इमिग्रेसन क्षेत्रमा मात्र भएको यस एपमा मानवजिवनसँग सम्बन्धित हरेको विषयलार्इ समेट्ने क्षेत्रीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.