काठमाडाैं, फागुन २४ः काठमाडौं उपत्यकासहित देशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बादल लागिरहे पनि केही स्थानमा मात्र छिटपुट पानी परेको छ ।
गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार झरीको सम्भावना नदेखिए पनि बादल चै दिनभरी लाग्ने छ भने ‘काठमाडौंमा धुम्म बादल लागिरहने छ ।आज दिनभर जसो पानी पर्ने सम्भावना छैन। कतै कतै छिटपुट वर्षा हुने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू–भाग चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।