काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने

| 2023 Aug 20 | 04:47 pm 2073

काठमाडाैं, भदाै ३ । गतवर्ष कक्षा ८ सम्म दिवा खाजा दिंदै आएको  महानगरपालिकाले यही भदौदेखि कक्षा  १० सम्मका विद्यार्थीलाई खाजा व्यवस्था गर्ने भएको छ।

महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रू १५ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि रू १० थप गरेर रू २५ बनाएको थियो।

सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको रू १५ मा महानगरले रू १५ थप गरी रू ३० पुर्‍याएको कोइरालाले बताए। भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयहरुलाई पत्राचार गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.