काठमाडौं महानगरपालिकाले स्काइवाक टावरकाे छानविन गर्ने

| 2023 Jul 29 | 03:01 pm 8953

काठमाडौं, साउन १३ । वन्डर्स नेपाल प्रालिले निर्माण गरी हालै संचालनमा ल्याएको कमलादीस्थित स्काई वाक टावरको महानगरले छानविन गर्ने भएको छ । महानगरले स्काईवाक टावरमा प्रयोग गरिएका सामग्रीको गुणस्तर, संरचनाको वैधानिकता, शुल्कलगायतमा छानविन गर्न लागेको बताएकाे छ ।

दक्षिण एशियाकै अग्लो भनी दावि गरिएको उक्त स्काईवाक टावर ७८.५ मिटर अग्लो छ । यो टावर निर्माण सम्पन्न भई पुर्ण रुपमा संचालनमा आएपछि टावरमा चढ्नका लागि प्रतिव्यक्ति १ हजार  लिने गरीएकाे छ । टावरले चर्को शुल्क लिएकाे भनी जनगुनासाे आएपछि  महानगरले टावरमा प्रयोग भएका सामग्रीको गुणस्तर, नक्सा, पार्किङलगायत संरचना, बैधानिकता र शुल्क निर्धारणका आधार सहितका विषयलाई ध्यानमा राखेर छानविन गर्न लागिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

२२ तलाको उक्त टावरमा दुई ओटा लिफ्ट, एमपी थिएटरलगायतका सुविधाहरु रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.