काठमाडौं, जेठ १६: काठमाडौं महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको सपथ लिएका छन्।
सोमबार राष्ट्रियसभा गृहमा आयोजित पद तथा गोपनीयता सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले साहलाई मेयर पदको गोपनीयताको सपथ गराएका हुन्।
बालेनले आफूले सपथ ग्रहण गरेपछि उपप्रमुख सुनिता डंगोललाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आजै पदबहाली गर्ने भएका छन्। कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन्।