काठमाडौं महानगरद्वारा ७ सहकारीलाई कारबाही गर्न सीआईबीमा पत्राचार

| 2024 Sep 05 | 10:27 am 309

काठमाडौँ २० भदौ / काठमाडौं महानगरपालिकाले ७ वटालाई सहकारीलाई थप कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा पठाइएको छ । ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि काठमाडौँ महानगरपालिकाले ब्युरोमा पठाएको हो ।

महानगरले २०८० को चैत १६ देखि गत असार ७ गतेसम्म महानगरभित्रका सहकारीहरूको अनुगमन गरेको थियो । अनुगमनपछि तयार पारिएको प्रतिवेदनका आधारमा उक्त सहकारीहरूमध्ये ६ वटा बचत तथा ऋण सहकारी संस्था र एउटा बहुउद्देश्य सहकारीमा कैफियत देखिएपछि कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ ।

जसमा बचत तथा ऋण सहकारी संस्थातर्फ सुमेरु, स्क्वायर, रुरल डिभलेपमेन्ट, सत्कार, महाबौद्ध र नमो हारती रहेका छन् । यसैगरी थप एक आधारभूत बहुउद्देश्य सहकारी संस्था रहेको छ ।

बचत संकलन, संकलित रकम परिचानल, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरिएको महानगर सहकारी विभागले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.