काठमाडौं, तराई–मधेश द्रुतमार्ग सडक निर्माण आयोजनालाई थप व्यवस्थित बनाईने

रिपोर्ट नेपाल | 2019 Nov 17 | 09:51 pm 2011

काठमाडौं, मंसिर १: काठमाडौं, तराई–मधेश द्रुतमार्ग सडक निर्माणको आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा ब्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित तथा प्रभावकारी बनाईने भएको छ ।

राष्ट्रिय गौरवको उक्त आयोजना तोकिएको समय सिमाभित्र गुणस्तरीय ढंगबाट सम्पन्‍न गर्न नेपाल सरकारको प्रचलित
ऐन कानुनको परिधिभित्र रहि खरिद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने गहन जिम्मेवारीका साथ
आयोजना प्रमुखको रुपमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्बहाली गरिएको छ ।

सहायक रथी श्रेष्ठको विषयमा विभिन्‍न प्रकाशनमा सार्वजनिक भएका समाचारका सम्बन्धमा गठित छानबिन समितिले प्राविधिक त्रुटी बाहेक कुनै पनि नियोजित त्रुटी नभएको र सो मा उनको संलग्नता नपाएको ।

साथै उनले जिम्मेवारी लिएका विगतका कार्यहरुमा देएका कार्यदक्षता तथा पेशागत क्षमतालाई मनन् गर्नुका साथै राष्ट्रिय गौरवको यस आयोजनालाई तोकिएको समयमा नै उत्कृष्ट ढंगबाट सम्पन्‍न गर्ने जिम्मेवारी निर्वाह गर्न आयोजना प्रमुखको रुपमा निरन्तरता दिईएको छ ।

प्रधानसेनापतिको आर्थिक अनियमिततामा शुन्य सहिष्णुताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले
उक्त आयोजनामा संलग्न गैर सैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजना अन्तरगतका सेक्टर तथा कार्यदल वेशहरुलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको पारदर्शीपूर्वक छनौट तथा ब्यवस्थापकीय पक्षहरुमा विशेष जोड दिईएको छ ।

उक्त आयोजनाको नियमित निगरानी, मूल्यांकन तथा थप प्रभावकारी ब्यवस्थापनको लागि अत्याधुनिक प्रविधीहरु (ड्रोन समेत) को प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिइने योजना रहेको छ ।

उक्त आयोजनाको कार्यान्वयनसँग नेपाली सेनामाथि नेपाली नागरिक तथा नेपाल सरकारको विश्वास र भरोसा
गाँसिएको तथ्यलाई मनन् गरी आयोजनालाई पूर्णपारदर्शी, नियमसँगत, गुणस्तरीय रुपमा समय सीमाभित्र सम्पन्‍न
गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

साथै राष्ट्रिय गौरवको उक्त आयोजनाको सफलताले नेपाली सेनामाथि समग्र नागरिक र राष्ट्रको विश्वास थप मजबुत बनाउने अपेक्षा नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.