काठमाडौंमा व्यावसायिक भवनले पार्किक शुल्क लिन नपाउनेः काठमाडाैं महानगरपालिका

रिपोर्ट नेपाल | 2023 Aug 01 | 03:01 pm 1209

काठमाडाैं, साउन १६  । महानगरकाे सूचनालाई बेवास्ता गरी व्यावसायिक भवनहरूले सेवाग्राहीबाट सवारी पार्किङ बापत शुल्क उठाए तत्काल जानकारी दिन सेवाग्राहीलाई आग्रह गरेको छ ।

व्यावसायिक भवनले पार्किङ शुल्क उठाए महानगरले उपलब्ध गराएकाे माेवाइल न‌ं. ९८५१०५१६१० मा फोन गर्न आग्रह गरेको छ । महानगरले सम्पर्क अघिकारीको रूपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।

शुल्क लिन नपाउने विषयमा कामपाले यस अघिनै सूचना सार्वजनिक गरे पनि सेवाग्राहीले महानगर समक्ष गुनासो गरेका छन् ।  कामपाको आर्थिक ऐन, २०८० ले निजी मार्ट, रेष्टुराँ, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीबाट सवारी पार्किङ् गरेबापत शुल्क लिन नपाउने व्यवस्था गरेको  महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.