काठमाडौंमा मंगलबारदेखि कोरोना विरुद्धको बुस्टर डोज

रिपोर्ट नेपाल | 2022 Jul 20 | 08:31 am 1473

काठमाडौं, साउन ४ः काठमाडौंमा मंगलबारदेखि कोभिडविरुद्धको खोपको तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउन शुरू गरिएको छ । शुक्रबारसम्म जारी रहने बुस्टर डोज अभियानमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए ।

उनले काठमाडौं जिल्लाका सबै नगरपालिकाका स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुने र दोस्रो मात्रा लगाएको तीन महिना पुगेका नागरिकले बुस्टरडोज लगाउन सक्ने बताए। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा २३ प्रतिशत नागरिकले मात्र बुस्टर डोज लगाएका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.