काठमाडौं, असार ५ : राजधानीमा समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि साङ्घातिक आक्रमण भएको छ । सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेतमाथी दिन–दहाडै साङ्घातिक आक्रमण भएको हो ।
पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर भान्जा भनिने सञ्जय लामा सहितको दर्जनभन्दा बढी गुण्डाहरुले आक्रमण गरेको पत्रकार बस्नेतले बताए ।
आक्रमण गर्नेमध्य एकजनालाई ठिमी प्रहरीले पक्राउ गरेको छ । आक्रमण गर्ने टोलीले पत्रकार बस्नेतलाई डर–त्रास तथा आर्थिक प्रलोभन समेत देखाएका थिए ।