काठमाडौंमा नेविसंघको विरोध प्रदर्शन

रिपोर्ट नेपाल | 2024 Mar 18 | 01:12 pm 653

काठमाडौं, ०५ चैत / नेपाल विद्यार्थी संघले सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र सहकारी काण्डमा मुछिएकाहरूलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
(नेविसंघ)लेअर्थमन्त्री वर्षमान पुन र गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर,भ्रष्ट सरकार मुर्दावाद,सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दाबादलगायतका नारा लगाउदै प्लेकार्ड प्रदर्शन गरेका थिए, मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

 

 

 

 

 

 

अहिले सरकार जनताको नभएर ठगहरुको सरकार भएको आरोप लगाए। उनले सुन तस्करी र सहकारीहरुलाई बचाउने काम सरकारबाट भएको भन्दै नेविसंघका केन्द्रीय सदस्य दिपकजंग शाहीले निरन्तर विरोध गर्ने जनाए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.