यतीको जहाज चिप्लेर पाङ्ग्रा भाँच्चियो, पाँच यात्रु घाइते

| 2018 Sep 01 | 10:34 pm 1870

काठमाडौं, भदौ १६: नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीका अनुसार जहाजमा रहेका ५ यात्रुलाई साधारण चोट लागेको छ। चालक दल र अरु यात्रुको अवस्था सामान्य छ।

कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको महाप्रबन्धक क्षत्रीले बताए। अहिले काठमाडौं विमानस्थलको धावनमार्ग राति ८:३५ देखि ४५ मिनेटका लागि बन्द गरिएको छ।

नेपाल एयरलाइन्सका ग्राहण्ड हेन्डेलिङ कर्मचारीलगायतले जहाज तानेर पार्किङमा ल्याउने कोसिस गरिरहेका छन्। हङकङ र बैंगलोरबाट आएका नेपाल वायु सेवा निगमका दुई जहाजरमलेसियाबाट आएको मालिन्दो एयरको जहाजसिमरामाथिको आकाशमा होल्डमा छन्।

त्यस्तै विमानस्थलबाट उड्ने तयारीमा रहेका४ जहाज पनि उड्न सकेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.