काठमाडौंमा अब सुर्तीजन्य पदार्थ निषेध 

| 2023 Nov 30 | 04:17 pm 597

काठमाडौं मंसिर १४/ काठमाडौं महानगरपालिकाले आगामी मंसिर २७ गते देखि सुर्तीजन्य पदार्थमा राेक लगाउने भएको छ।सुर्तीजन्य पदार्थको सेवनबाट मानव स्वास्थ्यमा गम्भीर हानिकारक हुने भन्दै महानगरले निषेधित गर्न लागिएको जनाइएको छ।महानगरका सार्वजनिक स्थानहरूमा सुर्तीजन्य सेवन गर्न नपाइने भन्दै महानगरपालिकाकाे स्वास्थ्य विभागले सार्वजनिक सुचना जारी गरेको छ।सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन २०८० काे दफा ४२ बमोजिम महानगरले निषेध गर्न लागेको जनाइएको छ।चुराेट,विडी,सिँगार,तमाखु ,सुल्फा,प्लास्टिकमा प्याक गरिएका सुर्ती ,खैनी ,गुट्खा,पानपराग लगाएतका सुर्तीजन्य पदार्थ माथि निषेध लगाइएको हाे।रेष्टुरेन्ट ,पाटीपाैवा,डान्सवार लगाएत सार्वजनिक स्थानमा सेवन र विक्रि वितरण गर्न नपाइने महानगरले जनाएको छ।यसकाे नियमनका लागि महानगर प्रहरीलाई खटाइने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.