काठमाडौंको नयाँ बानेश्वरमा हुने भनिएकाे बृहत सडक साँस्कृतिक महोत्सव वसन्तपुरमा हुने

| 2021 Dec 13 | 03:45 pm 3525

काठमाडौं, मंसिर २७ः काठमाडौं महानगरपालिकाको २७औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले देशका ख्याती प्राप्त कलाकारहरुको उपस्तिथिमा मिति २०७८ मंसिर २९ गते साँझ ५ बजे वसन्तपुर डबलीमा बृहत काठमाडौं सडक साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ । मंसिर २७ गते नयाँ बानेश्व चाेकमा आयोजना गरिने भनिएकाे कार्यक्रम विशेष कारण बस स्थिगत गरी मंसिर २९ गते वसन्तपुरकाे डबलीमा सारिएकाे कुरा आयोजक किमिटीका सल्लाहकार तथा सामाजिक विकास विभागले गर्ने विभागिय प्रमुख दिपक अधिकारीले बताउनुभयो ।

कोभिड १९ का कारण लामो समयसम्म मनोरञ्जन लिन नपाएका काठमाडौं महानगरबासीहरुलाई निशुल्क रुपमा यस कार्यक्रमद्वारा महानगरबासीहरूलाई मनोरञ्जन दिलाउन खोजिएको कुरा काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले बताउनुभयो ।

उक्त सांगीतिक कार्यक्रममा हाँस्य कलाकार जीतु नेपाल (मुन्द्रे) को हाँस्य प्रस्तुती, नविन के भट्टराईको अतृप्त सांगीतिक व्याण्डको प्रत्यक्ष प्रस्तुती लगायत चर्चित गायक गायिकाहरु प्रकाश सपुत, प्रीती आले, मिलन नेवार, सरिता कार्की, मदन गोपाल नेपाली, उदेश श्रेष्ठको गायन प्रस्तुती, दिपासा बि.सी.को नृत्य तथा चर्चित उद्घोषिका एवम् गायिका मञ्जु पौडेलको गायन तथा उद्घोषण रहने कुरा प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयाे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.