काठमाडौँ १५ चैत / श्री एयरलाइन्सको जहाज बिहीबार बिहान धनगढीबाट काठमाडौं आएको जहाज मौसम खराब भएपछि त्रिभुवन विमानस्थलमा बस्न सकेन ।
करिब अढाई घण्टा आकाशमा घुमाएर जहाजलाई भैरहवा विमानस्थल लगेर अवतरण गरियो । जहाज बिहीबार बिहान ७ बजेर २२ मिनेट जाँदा धनगढीबाट उडेको थियो।
धनगढीबाट ७७ जना यात्रु लिएर काठमाडौं हिँडेको जहाज भैरहवामा सकुशल अवतरण गरि पुनः काठमाडौं पठाइएको श्री एयरलाइन्सले जनाएको छ । काठमाडौँको मौसम खराब हुँदा जहाज आकाशमै झण्डै अढाई घण्टा होल्ड भएको थियो ।
काठमाडौं आइपुगेको जहाज आकाशबाटै फर्काएर भैरहवामा आपतकालीन अवतरण गरिएको हो । जहाजमा २ बालबालिकासहित ७७ जना यात्रु सवार थिए ।