काठमाडौँ महानगरले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

| 2024 Jun 28 | 10:07 am 433

काठमाडौँ १४ असार / काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई बिगतमा जस्तै यस पटक पनि छात्रवृत्ति प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दैै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन आह्वान गरेको हो ।।

गत वर्ष पनि काठमाडौँ महानगरपालिकाले काठमाडौँका निजी कलेजमा झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।
निजी विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने नियम छ । सोही नियम अनुसार यस वर्ष पनि महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँ गर्न लागेको हो ।

विद्यार्थीले असार १५ गते देखि असार २९ गतेसम्म अनलाइन आवेदन दिन सकिने सूचनामा उल्लेख छ । प्रवेश परीक्षा आगामी साउन ४ गते बिहान ८ बज हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.