काठमाडौँका यी स्थानमा ६ घण्टा बिजुली जाने

| 2024 Apr 16 | 02:15 pm 749

काठमाडौँ, ०४ वैशाख / विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका निम्न क्षेत्रहरूमा भोलि (बुधवार) ५ गते देखि वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ ।

बिजुली कटौती हुने स्थानहरु सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार छन् ।

स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर (तार) मा बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.