काठमाडाैंमा माओवादी नेता बर्तौलामाथि आक्रमण

| 2023 Nov 09 | 10:33 am 3345

काठमाडौँ, कार्तिक २३ । काठमाडौँको नयाँ बानेश्वरमा रहेको आइप्लेस मल नजिकै माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ ।  अन्दाजी २२–२३ वर्षका देखिने युवकले उनलाई  फलामको रड प्रहार गरेका हुन् ।

बुधवार साँझ रड प्रहार गरेर घाइते बनाएपछि आक्रमणकारीहरु फरार भएका छन् ।   घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुंगेलले बताएका छन् ।

 उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बानेश्वरस्थित आक्रमण स्थलमा सिसिटिभी नभएको हुनाले अनुसन्धानमा समस्या भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.