काठमाडाैंमा भुकम्पकाे धक्का

| 2019 Jul 06 | 04:26 pm 3447

काठमाडाैं, असार २१:  काठमाडाैं उपत्यका लगायत आसपासका क्षेत्रमा भुकम्पकाे धक्का महसुस गरिएकाे छ । शनिबार दिउँसो भुकम्पले  ४ बजेर १५ मिनेटमा धक्का दिएकाे थियाे ।

लामो समयपछि  भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार  दिउँसो भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।

शनिबारको भूकम्प २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ। यसअघि पछिल्लो पटक असार १२ गते धादिङ केन्द्र भएर ४ म्याग्निच्यूडको परकम्प गएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.