काठमाडौँ ०२ बैशाख / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको दबाब छल्न सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन्।
कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगि जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्देश्यले संसद बन्द गरेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसले उठाएको माग पार्टीगत नभई लाखौं सहकारी पीडितको अरबौं बचत हिनामिनाको विषय हो,’ देउवाले कांग्रेस संसदीय दलको बैठकमा बिहान भने, ‘यस्तो गम्भीर विषयलाई संसदीय छानविन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसदनै बन्द गर्ने निर्णय गरेको आरोप लगाए ।
बैठकले अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताविरोधी ठहर गरेको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।