कांग्रेस सभापति देउवाद्वारा तीजको अवसरमा शुभकामना

| 2020 Aug 21 | 07:54 am 1695

काठमाडौं, भदौ ५ः हरितालिका तीज पर्वको अवसरमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले व्यक्तिगत र नेपाली कांग्रेस पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीवहिनीहरुमा शुभकामना दिँदै उनले अहिले देश अहिले कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको भन्दै सजग हुन आग्रह गरेका छन् ।

कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरीलाई कायम राख्दै तीज मनाउन सबैलाई आग्रह समेत गरेका छन् ।

नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिज–२०७७ को अवसरमा आज शुभकामना दिँदै उनले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन् भनी शुभकामना वक्तव्यमा उल्लेख गरेका छन् ।

हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन यी पर्वहरुले योगदान गर्ने उल्लेख गर्दै सभापति देउवाले सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्वित गरेको बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.