कांग्रेस सभापति देउवाद्वारा इद उल फित्र पर्वकाे अवसरमा शुभकामना व्यक्त

| 2020 May 25 | 07:48 am 1586

काठमाडाैं, जेठ १२ः इस्लाम धर्मावलम्बीको पवित्र पर्व इद उल फित्रका अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा  सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

सभापति देउवाले पवित्र इद उल फित्र पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने शुभकामना सन्देशमार्फत विश्वास व्यक्त गरेका छन्।

उनले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण योगदान रहँदै आएको बताउँदै लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गरेका छन्।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन सभापति देउवाले सबैलाई आग्रह गरेका छन्।

उनले यस ‘इद उल फित्र’ पर्वले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गर्दै इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.