कांग्रेस सभापतिमा दोस्रो चरणको मतदान दिउँसो ३:३० देखि साँझ ७:३० सम्म

रिपोर्ट नेपाल | 2021 Dec 14 | 11:57 am 1973

काठमाडौं, मंसिर २८ः नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएकाे छ । मतदान मंगलबार दिउँसो ३:३० बजे सुरु हुने जनाइएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गरी काँग्रेस सभापतिमा दोस्रो चरणको मतदान काठमाडौंको राष्ट्रिय सभागृहमा आज दिउँसो ३:३० देखि साँझ ७:३० सम्म हुने जनाएको हो ।

काँग्रेसको पार्टी विधान अनुसार पहिलो चरणमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशतभन्दा बढी मत प्राप्त हुन नसक्दा सबैभन्दा बढी मत ल्याउने दुई जना प्रत्यासीबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।

जस अनुरुप शेरबहादुर देउवाले २२५८ र डा।शेखर कोइरालाले १७०२ मत प्राप्त गर्नुभएको छ । दोस्रो चरणमा देउवा र कोइरालाबीच मतदान हुदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.