काठमाडौँ, पुस ८ : विधान संशोधन विधेयक सर्वसम्मतिले पास गर्दै नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ । महासमिति बैठकमा आएका सुझावहरूलाई समेट्न केन्द्रीय कार्यसमितिलाई दिने निर्णय भएको छ ।
समापनमा नेताहरुले पार्टी एक भएको सन्देश दिएका छन् । महासमिति बैठको उद्घाटनदेखि नै बाजाबाज गरेका नेताहरु समापनका अवसरमा भने एकै स्वरले पार्टी एकताको सन्देश दिए ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब पार्टीभित्र कुनै किसिमको बेमेल र झगडा नभएको भन्दै अब एकताका साथ कांग्रेस देशव्यापी अभियानमा जाने बताए ।
उनीहरुले महासमितिबाट पारित पार्टीको विधान संसारकै राजनीतिक दलहरुकोभन्दा बढी समावेशी र विभिन्न जात र समुदायको प्रतिनिधित्व रहेको बताए ।
बैठकले कांग्रेसको राजनीतिक,आर्थिक, महामन्त्रीको संगाठनिक प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पास गरेको छ। गते मङ्सिर २९ गतेबाट सुरु भएको काँग्रेस महासमिति बैठक विधानमा सहमति नजुट्दा लम्बिएको थियो।