कांग्रेस नेता भण्डारी मुम्बई- काठमाण्डौं नियमित उडानबाट फर्कदै

रिपोर्ट नेपाल | 2023 Apr 30 | 04:30 pm 1709

काठमाडौं बैशाख १७ः आफ्नै काेठामा खाना पकाउने ग्यास लिक भएर आगलागी बाट घाइते नेपाली कांग्रेसका प्रभावशाली नेता तथा संघिय सांसद चन्द्र भण्डारी उपचारार्थ अस्पतालबाट डिस्चार्ज भइ नेपाल आउँदै छन्।

नेता भण्डारी निकट युवा नेता माधव न्याैपानेले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार उपचारमा संलग्न चिकित्सकले फूलकाे गुच्छा दिएर विदाई गरेका थिए।

No description available.

अपरान्ह ५ वजे त्रिभुवन विमानस्थलमा उत्रने नेता भण्डारी बत्तीसपुतली स्थिति नयाँ काेठामा बस्ने भएका छन्। भण्डारीलाई स्वागत गर्न कांग्रेसका नेता कार्यकर्ता विमानस्थल जाने बताइएको छ।सामाजिक दुरी कायम गरेर नेता भण्डारीलाई भेटघाट गर्न सकिने कुरा पनि न्याैपानेले बताए।

फेसबुक मार्फत (मुम्बईबाट नेपाल वायुसेवा निगमको मुम्बई- काठमाण्डौं नियमित उडानबाट नेपाल फर्कदै छौ।) भन्ने जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.